Banner First

दलित अधिकारकर्मी तथा सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा मृ’त्यु

By Saru Sunar

November 22, 2022

चितवनबाट काठमाडौँ फर्किने क्रममा सवारी दुर्घटना हुँदा चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ ।चुनावलाई केन्द्रित गरेर आफ्नै घर चितवनको राप्ती ४ डडुवा आएका उनी मङ्गलवार  बिहान काठमाडौँ फर्कँदै थिए । ५ः३० बजेको समयमा  राप्ती नगरपालिका  ६ हर्दी चोक स्थितमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडि उनी सवार  बा४ख ४१२ नम्बरको माइक्रोहायस ठोक्किँदा उनको मृत्यु भएको हो ।माइक्रोमा सवार  चालकसहित ६ जना घाइते भएकोमा विश्वकर्माको गाडीमा च्यापिएको अवस्थामा उद्धार  गरिएको थियो । ३५ वर्षका महावीर लाई ०७: ३७ बजेको समयमा पुरानो मेडिकल कलेजले मृ’त घोषणा गरेको हो ।गाडीमा सवार अन्य ५ घाइतेको भने  पुरानो मेडिकल कलेजमानमै उपचार भइरहेको छ । चर्चित कार्यक्रम बहकिने मनका प्रस्तोता उनी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य पनि हुन् । पछिल्लो समय  दलितका मुद्दाहरूमा उनी सक्रिय भएर काम गरिरहेका थिए।