माया लुहार हत्या’काण्ड : घर बिदामा आएका सशस्त्र प्रहरीका जवानमाथि आशङ्का

, जो हत्यापछि गाउँबाट फरार भएका छन्


महेन्द्रनगर । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सैलोडाकी २१ वर्षीया माया लुहार र १५ वर्षीया नेहा लुहार गाउँकै अन्य दुई जना साथीसँग मंगलबार बिहान घरबाट निस्किए । लुगा सिलाउन उनीहरू पञ्चेश्वर गाउँपालिका–३ कुलाउ गएका थिए।
घरबाट कुलाउ पुग्न करिब डेढ घण्टाको पैदल यात्रा गर्नुपर्छ। माया र नेहा नाताले फुपु–भदै हुन् । उनीहरूसँगै घरबाट लुगा सिलाउन गएका अन्य दुई जना बेलुका घर फर्किए। तर, माया र नेहा बेलुकासम्म घर फर्किएन कुलाउमै  इष्टमित्र भएकाले उनीहरू त्यहीँ बसेको परिवारका सदस्यहरूले अनुमान गरे। तर, उनीहरू दोस्रो दिन बिहानसम्म सम्पर्क नआएपछि परिवारले खोजी गरे । परिवारका सदस्यहरूले कुलाउमा रहेका इष्टमित्रलाई सम्पर्क गरे।

त्यहाँ पनि उनीहरू भेटिएनन् । त्यस पछि परिवारका सदस्य र गाउँलेहरूले माया र नेहाको खोजीमा तीव्रता दिए। नेहालाई बुधबार दिउँसो गोठालाले पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बाला डाँगा फेला पारे।
उनी घाइते अवस्थामा थिइन् । नेहाले मायाको घाँटी रेटे’र हत्या भएको सुनाइन्। गाउँलेहरूले प्रहरीलाई खबर गरेपछि नेहाले भनेकै ठाउँमा मायाको शव भेटियो ।मायाको शव शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै भेटिएको हो। उनको घाँटी रेटे’र ह’त्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।माया जवलपुर माध्यमिक विद्यालय सैलोडामा कक्षा १२ र नेहा कक्षा ९ मा अध्ययनरत रहेका थिए । माया म्यादी प्रहरी पनि थिइन्। घरबाट लुगा सिलाउन भनेर निस्किएकी माया कहिल्यै नफर्किने गरी अस्ताएकी छन् ।
घाइते नेहाको अहिले उपचार भइरहेको छ। स्थानीयले घटनामा शिवनाथ गाउँपालिका–६ सोलपालाका एक सशस्त्र प्रहरीमाथि आशङ्का गरेका छन्।ती सशस्त्र प्रहरीका जवान बिदामा घर आएका थिए ।
केही दिनअघि कुलाउमा उनले मायाको मोबाइल खोसेका थिए । घरमा सोधी खोजी गर्दा मायाले मोबाइल ‘साथी’ले लगेको बताएकी थिइन्। ती सशस्त्र प्रहरीका जवान अहिले फरार हुँदा उनीप्रति शङ्का बढेको स्थानीय बताउँछन् ।
‘सशस्त्र प्रहरीका जवानले केही दिन अगाडि मोबाइल खोसेको र अहिले उनी फरार रहेकाले आशङ्का बढेर गएको छ,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले घटनास्थलको काम सकेर शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको बताए ।
‘घटनास्थलको काम सकेर शव पोस्टमार्टमका लागि पठाएका छौँ, घटनाका बारेमा बुझ्दैछौं,’ उनले भने, ‘अहिलेसम्म कसैलाई नियन्त्रणमा लिएका छैनौँ ।’
साभार – इबिकल्प दैनिक

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्