ब्रेन ट्युमरका बिरामीको ग्रिनसिटिमा उपचार हुँदाको खर्च अमर क्षेत्रीबाट सहयोग



ब्रेन ट्युमरले ग्रसित लामो समय देखि पैसा नभएर उपचार नपाएर बिस्तारामा थलिएका धरानका सुशील विकलाई धरानबाट काठमाडौँ ल्याएर कार्तिक १९ गतेबाट काठमाडौँको ग्रिन सिटी अस्पताल भर्ना गरी उपचार भइरहेको थियो । ब्रेन ट्युमरको २ वर्ष अगाडि विराटनगर को नोबेल अस्पतालमा चन्दा सहयोगबाट अप्रेसन गराएका सुशीलको झन्डै डेढ वर्ष पछि बिमार बल्झिएको थियो । पुरानो घर भोजपुर भए पनि लामो समय देखि धरानको रेलवे नजिक भाडामा बस्दै आएका सुशीलको आमा पनि उनीहरूलाई छोडेर दोस्रो बिगाहा गरी हिँडे पछि सुशीलको जिन्दगीमा धेरै दुखका दिनहरूले पछ्याएको थियो ।

आफू मुनि साना दुई भाइको पढाइ र लालन पालनको जिम्मा सुशीलको धाकमा थुपारिएको थियो । आमाको दोस्रो बिगाहा सँगै बाबाले पनि अर्को बिगाहा गरी इन्डिया छन् । सुशीलको ट्युमर बढ्दै गए पछि उनी पैसाको अभावले डेढ महिना देखि घरमै कोठामा बिस्तारामा परेका थिए । अमेरिकामा बसोबास गर्ने समाजसेवी , व्यवसायी अमर क्षेत्रीसँग सरु सुनारले सल्लाह गरी गत कार्तिक १९ गते धरान हुँदै विराटनगर वाट प्लेनमा ल्याइ ग्रिन सिटी अस्पतालको हाई केयर आइसियुमा भर्ना गरिएको थियो । एक हप्ताको उपचार पछि सुशीलको टाउकोमा पानी जमेको ब्रेन फैलिएको हुँदा अप्रेसन गर्न नमिल्ने डाक्टरको सल्लाह अनुसार ग्रिनसिटिबाट ललितपुर नेपाल क्यान्सर अस्पतालमा रिफर गरी २४ गते बिहीबार नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा भर्ना भई सुशील बिक उपचाररत छन् ।

अप्रेसन गर्न असम्भव भए पछि सुशीललाई रेडिएसन थेरापी सुरु गरिएको छ । उपचाररत २६ दिन भैसकेको छ भने अझै एक महिना रेडिएसन थेरापी दिनु पर्ने डाक्टरको भनाइ छ । सामाजिक सञ्जालबाट नै सहयोग जुटाएर सुशीलको उपचारको लागि निरन्तर अभियान चलाएको सरु सुनार बताउँछिन् । रोग पनि डरलाग्दो र उपचार पनि असाध्यै मंहगो भएको हुँदा उपचार गर्न नै हम्मे हम्मे परिरहेको छ । लामो समय अमेरिकालाई कर्म थलो बनाउनु भएका अमर क्षेत्रीले बिरामीको उपचारको जिम्मा लिनु भएको छ ।

“जहाँ रोगी , गरिबीको दलदल छ त्यहाँ अमर क्षेत्रीको नजर छ ”

सहयोगी मनका धनी अमर आफ्नो परिवार सहित

सयौँ गरिब , बिरामीको उपचारमा निरन्तर लागि पर्नु भएका क्षेत्रीले भर्खरको १९ वर्षको कलकलाउँदो उमेरको युवा जहाँ पैसाको अभावले अकालमा मर्न नपरोस् , सम्भव र निको हुने रोग भए पैसाको कारण रोकिनु हुन्न भनी सुशीललाई बचाउन लाग्नु भएको छ । २६ दिनको समयमा र दुइटा अस्पतालको खर्च ४ लाख जति भैसकेको सरु सुनार बताउँछिन् । अझै ४ लाख जति खर्च आउँछ होला उनी भन्छिन् रेडिएसन थेरापीको मात्र २ लाख ४४ हजार लाग्ने रहेछ । ग्रिन सिटी अस्पतालको औषधी र अस्पतालको खर्च ७३ हजार अमर क्षेत्रीले सहयोग गर्नु भएको छ । अमेरिकामा रहनु भएका आफ्नो घर परिवार , दिदीबहिनी , आफन्त र साथीभाइबाट यो सहयोग रकम सुशील लाई बचाउन सहयोग जुटाएको अमरले बताउनु भयो । त्यो बाहेकको खर्च १ लाख ५६ हजार समेत वहाँले सहयोग गर्नु भएको छ भने बाकी उपचारको खर्च समेत आफूले गर्ने हुनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्