राप्ती इञ्जिनियरिङ कलेजमा साताव्यापी खेलकुद सप्ताहको उद्घाटन सम्पन्न



काठमाण्डौं । दाङ जिल्लाको घोराहीमा रहेको राप्ती इञ्जिनियरिङ कलेजमा डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, प्रि—डिप्लोमा इन सर्भे, सिभिल र इलेक्ट्रिकल इञ्जिनियरिङ कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुको खेल सप्ताह २०७९ उद्घाटन कार्यक्रम मिति २०७९ साल मंसिर १५ गतेका दिन सम्पन्न भएको कलेज प्रशासनले जनाएको छ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राप्ती इन्जिनियरिङ कलेजका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले भन्नु भयो, ‘विद्यार्थीहरुमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्न र व्यक्तिको चौतर्फी विकासमा मद्त पुर्‍याउने हुनाले कलेजले विगतका वर्षदेखि नै खेल सप्ताहलाई निरन्तरता दिइएको छ। खेल जीवनले विभिन्न किसिमका रोगहरुसंग लड्न सक्ने क्षमता बढाउनुका साथै व्यक्ति,समाज र राष्टको पहिचान गराउँन सहयोग गर्छ ।’ प्रतिरक्षा प्रणालीमा सुधार, सकारात्मक ऊर्जा प्रदान गर्ने र समग्रमा व्यक्तिको स्वास्थ्य राम्रो हुँदा पढाई प्रति उत्साह तथा जोश, जागर थापिएर आउने भएकोले विद्यार्थीहरुको लागि खेल सप्ताह आयोजना गरिएको डा. गिरीले बताएका छन् ।

साथै उनले भने, ‘छिटै कलेज स्तरीय Handwriting प्रतियोगीत हुने भएकोले सबै विद्यार्थीहरु तयारीमा लाग्न र खेल समापन कार्यक्रममा कक्षा कक्षाको मार्चपास प्रर्दशन कार्यक्रम रहने भएकोले त्यसको तयारी गर्न पनि विद्यार्थीहरुलाई आग्रह गर्छु ।’

डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ प्रथम वर्ष दोस्रो खण्डमा अध्ययनरत विद्यार्थी प्रम प्रकाश दाहालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रशिक्षक विश्वबन्धु थापाले गरेका थिए । सप्ताहव्यापी खेलकुद प्रतियोगितामा भलिबल, फुटबल, क्रिकेट, व्याड मिन्टन, बास्केट बल, चेस, टि. टि. सटपुट, चम्चा दौड, हाजिरी जावाफ, कुर्सी दौड, रस्सा कस्सी, तातो आलु, दौड १०० मिटर, दौड २०० मिटर, रिले दौड खेलहरु सञ्चालन हुनेछ । पहिलो दिन भलिबल र रस्साकस्सी खेल सञ्चालन हुनेछ ।

कलेजका प्रिन्सिपल रेशम गिरीकोको सभापतित्व र विश्ववन्धु थापाको संयोजकत्वमा खेलकुद सप्ताह सञ्चालन हुनेछ ।

राप्ती इन्जिनियरिङ कलेजमा BE Civil, BCA, Diploma in Computer Engineering (IT), Pre-Diploma in Civil, Electrical and Amin कार्यक्रमहरु संचालनमा रहेका छन् । यो कलेज २०६५ सालमा स्थापना भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्