सुचना प्रविधिले समाज रुपान्तरणमा सहयोग गरेको छ: डा. शैलेन्द्र गिरी



घोराही दाङ। राप्ती इन्जिनियरिङ कलेज, घोराही दाङका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले सुचना प्रविधिले समाज रुपान्तरणमा सहयोग गरेको कुरा बताएका छन् । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) माहासंघ दाङ शाखा र राप्ती इन्जिनियरिङ कलेजले संयुक्त रुपमा गठन गरेको आईसिटी क्लबका सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सो कुरा बताएका हुन ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले भने नेपालमा पहिलो पटक कम्प्युटर २०२८ सालमा राष्टिय जनगणनाको लागि ल्याईएको थियो । २०४१ सालमा नेपाल सरकारले राष्टिय कम्प्युटर केन्द्र स्थापना गरे्को थियो । २०५४ सालमा सरकारले त्यसलाई खारेज गर्यो । दाङ जिल्लामा पहिलो पटक कम्प्युटर २०४५ सालमा साविकको मेरी गोल्ड बोडिङ स्कुल र हाल घोरहीमा रहेको सिद्धार्थ एकेडेमीले प्रशासनिक कामकाजको लागि ल्याईएको थियो । २०५८ सालको एस.एल.सी. परीक्षामा दीपशीखा उच्च मा.वि.का विद्यार्थीहरु कम्प्युटर विषय लिएर समावेश भएका थिए । ती विद्यार्थीहरुलाई आफुले कम्प्युटर विषय पढाएको कुरा डा. गिरीले बताएका छन् ।

राप्ती इन्जिनियरिङ कलेजले २०६५ सालबाट डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रम शुरु गर्यो, डा. शैलेन्द्र गिरीले भने, हाल यस कलेजले BE Civil, BCA, Diploma in Computer Engineering, Pre-Diploma in Civil, Electrical & Amin कार्यक्रमहरु संचालन गर्दै आएको छ । राप्ती इन्जिनियरिङ कलेजबाट उत्पादीत शैक्षिक जनशक्ति लुम्बिनी प्रदेश लगाएत नेपालका सबै जिल्लाहरुमा सहकारी तथा गैरसरकारी निकायहरुमा रोजगारी प्राप्त गर्न सफल भएको डा. गिरीले बताए ।

क्यान माहासंघ दाङ शाखाको सहकार्यमा राप्ती इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुका बीच आइटी क्लब गठन गरिएकोमा सबै सदस्यहरुलाई बाधाई दिदै कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले भने, समाजमा रहेको प्रविधिको खाडललाई कम गर्न नवगठीत आईसिटी क्लबले गाउँ गाउँमा पुगेर प्रविधि सम्बन्धी ज्ञान र सीप सिकाएर सहयोग गर्ने छ । सुचना प्रविधिले समाज रुपान्तरणमा पनि टेवा दिदै आएको छ । विद्यार्थीको शिक्षण सिकाईमा प्रविधिको प्रयोगले सहजता प्रदान गर्ने हुनाले प्रविधि मैत्री शिक्षामा जोड दिनु पर्ने डा. गिरीको बताए ।

राप्ती इन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले भने, कलेजमा आईसिटी क्लब गठन कार्यले विद्यार्थीको पठनकार्यमा सहयोग पुग्ने छ । क्यान माहासघ दाङ शाखाले आटी क्लब गठन कार्यलाई सबै कलेजहरुमा पुर्याउने कार्यक्रमका अध्यक्ष कर्णबहादुर पुनले बताएका छन् ।

कलेजमा डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र व्याचलर तहमा अध्ययन गर्ने विद्यार्थीहरुका बीच दुईबटा आईसिटी क्लब गठन भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्