Banner First

रोटरी क्लब का.डाउन टाउनद्वारा नुवाकोटमा बिपन्नबर्गका छात्रछात्राहरुलाइ न्यानो कपडा वितरण

By Saru Sunar

December 14, 2022

 

नुवाकोट ,रोटरी क्लब  अफ काठमाडौँ डाउन टाउनद्वारा नुवाकोटको शिव पुरी गाविस वडा न ६ मा अवस्थित समुन्द्रा माद्यामिक विद्यालयका नर्सरी देखि कक्षा १२  सम्मका सम्पूर्ण विद्यालय भरिका २५० जना बिद्यार्थीहरुलाइ न्यानो कपडा सुइटर र टोपी वितरण गरिएको हो । रोटरी क्लब काठमाडौँ डाउन टाउनका अध्यक्ष लोक बहादुर टन्डन सहित २०२३, २०२४ का अध्यक्ष स्थानिस्वर रेग्मी , सचिव विष्णु प्रसाद पोख्रेल , रोटरिएन हरि प्र. ढकाल , कृष्ण प्र. न्यौपाने , सरु सुनार , बिमला खड्का , राम प्र.न्यौपाने , शम्भु उप्रेती , मधुकर पाण्डे , आमूल प्रधान , महेश प्रधान सहितको टिम विद्यालय मै गएर सहयोग हस्तान्तरण गरेको हो ।

रोटरी क्लब  अफ काठमाडौँले देउसी , भैलोको सहयोग सङ्कलनबाट सुइटर र मेट्रो अस्पतालका प्रमुख यज्ञ मूर्ति न्यौपानेले २५० वटा टोपी सहयोग गर्नु भएको थियो विद्यालयको प्राङ्गणमा सम्पूर्ण बिद्यार्थीहरुको उपस्थितिमा विशेष कार्यक्रमको बिचमा रोटरी क्लबका अध्यक्षले बिधार्थीहरुलाइ न्यानो कपडा लगाइदिएर उद्घाटन साथै वितरण गर्नु भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेश सिटौला वडाका अध्यक्ष विष्णु श्रेष्ठ ,पूर्व वडा अध्यक्ष लाल बहादुर तामाङ  लगायतको उपस्थिति रहेको थियो । विद्यालयको अवस्था अति नै दहनिय भएको साथै स्कुलमा पढन आउने बिद्यार्थीहरुको घरको अवस्था पनि नाजुक भएको बताउँदै विद्यालयमा शौचालयको आवश्यकता रहेको प्र अ सिटौलाले बताए। उनले ” रोटरी क्लबअफ  काठमाडौँ डाउन टाउनले गत वर्ष पनि ५०  जना विद्यार्थीलाई स्कुल झोला सहयोग गरेको स्मरण गर्दै यो वर्ष पनि यती धेरै सहयोग गरेकोमा विद्यालय आभारी छौँ साथै बिद्यार्थीहरुलाई शौचालयको अभाव भएको हुँदा क्लबलाई शौचालय बनाइदिन समेत अनुरोध गर्नु भयो । क्लबका अध्यक्ष लोक ब .टन्डनले रोटरी क्लब सामाजिक कार्य र समाज सेवामा क्रियाशील भएको बताउँदै क्लबबाट थुप्रै आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निःशुल्क उपचार , अप्रेसन , विभिन्न ठाउँमा स्वास्थ्य शिविर गराएको बताउँदै अगामी दिनमा विद्यालयका आधारभूत आवश्यकता पूरा गर्न रोटरी क्लब कटिबद्ध रहेको बताउनु भयो ।

कार्यक्रमका केही झलकहरु

\