नेदरल्यान्ड्सद्वारा नेपालसामु १ सय ९० रनको लक्ष्य



सैघाली खबर
काठमाण्डौ , ३ चैत । विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफ खेलमा पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले नेपाललाई जितको लागि १ सय ९० रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८९ रन जोड्यो । नेपालका सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । त्यसबाहेक सन्दीप लामिछाने र ललित नारायण राजवंशीले २(२ तथा शक्ति गौचनले १ विकेट हात पारे । नेदरल्यान्ड्सका बास डे लिडले ३९ तथा म्याक्स ओ डाउडले २८ रनको योगदान दिए ।

रोलफ भान डर मर्व र स्कट एडवार्ड्सले २५(२५ रन जोडेपछि नेदरल्यान्ड्स केही सम्हलिएको थियो । अन्त्यतिर पिटर सिलार र सेन स्नेटर २३(२३ रन जोड्दै टोलीको योगफल उकासे ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्