अपाङ्ग दलित र एकल महिलालाई वल्याङकेट वितरण



 

बझाङ छविस पाथीभरा गाउँपालिका वडा नम्बर १ द्वारा अपाङ्ग दलित र एकल महिलालाई वल्याङकेट वितरण गरिएको छ । जिल्लाको छविस पाथीभरा गाउँपालिका वडा नम्बर १ ले चिसो बढेको भन्दै गरिब विपन्न सहित दलित परिवार सहित अपाङ्गहरूलाई २५ वटा वल्याङकेट वितरण गर्नु भएको हो । आज वडा नम्बर १ का विभिन्न बस्तीहरूमा वडा अध्यक्ष कर जङ्ग बहादुर सिंह सहित सदस्यहरू र वडा सचिव सहितको टोलीले घरघरमा गएर वितरण गर्नु भएको थियो ।

वडा नम्बर १ को आर्थिक सहयोगमा २५ जना गरिब विपन्न अपाङ्गलाई चिसो हटाउन वितरण गर्नु भएको थियो । जसमा जिउली झुट्याडा मटेला,परिङ्गाल र गुरायलथाम कापडी गाउँमा गएर वितरण गर्नुका साथै वडा अध्यक्ष कर जङ्ग बहादुर सिंह ब्याक्तिगत रूपमा प्रत्येकलाई पाँच सयका दरले आर्थिक सहयोग पनि गर्नु भएको थियो । यसपालि वडा वाट कम बजेट भएको कारण धेरैलाई समेट्न नसकेको र आगामी वर्ष छुटेकालाई सहयोग गर्ने अध्यक्ष सिहले बताए । सहयोग पाउनेमा नम्बर १ का सिन्की अाेढ पारु सार्की शिव हरी विष्ट सुमित्रा कठायत एकल महिला बिष्णा गिरी नन्नमति गिरी प्यारी गिरी अपाङ्ग भगवती गिरी लगायत २५ जनालाई वितरण गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्