आमा छोरी नै शारीरिक अस्वस्थ ,बाँच्नलाई मुस्किल



उत्तम कुमार थापा, जिल्लाको सुङ्गालामा आमा छोरी दुवै अ’पाङ्ग छन् । छविस पाथीभरा गाउँपालिकाको वडा नम्बर १ सुङ्गाला गाउँमा एकै घरका आमा छोरी अपाङ्ग भएको छन् । एकै घरमा आमा छोरी गरी दुवै जना बस्छन् । घरमा अरू कोही छैन,६५ बर्सिया नन्नमती गिरी आमाले आँखा देख्नु हुन्न र कान सुन्नु हुन्न । साथै २६ बर्सिया छोरी भगवती गिरीका दुवै खुट्टा लगडा छन् भने दुवै हात अपाङ्ग भएको छन् । बुढी आमाले आफ्नो दुखलाई सम्हालेर पनि ती अपाङ्ग छोरीलाई दिशा पिशाप गराउन जानू पर्ने बाध्यता छ । हामी सँग कुरा गर्दै बुढी आमाले भन्नू भयो, हामीलाई खानलाई छैन । गर्न सक्दैनौ सरकारले भत्ता दिएको छ । त्यसै बाट काम चलाउँदै आएका छौ । अहिले अपाङ्ग छोरीको भत्ता नआएको पाँच पटक भैईसक्याे किन राेक्केकाे हारेला हामीलाई बैकमा खाता खोल्न लगाएको हो । निकै दुख पायौँ अहिले भत्ता नपाउँदा दुखित भएको छौ । सहारा दिने छोराहरू छैनन् बुढा पहिलै बित्नु भएको हुन । झुराई झुराई बाच्नु भन्दा भगवान्ले हामी जस्तो गरिबलाई छिटो मारिदिए खुसी हुने थियौ भन्दै दुखेसो पोख्नु भयो । आज एक कार्यक्रमका बिच वया नम्बर एकका अध्यक्ष कर जङ्ग सिंहले ब्याक्तिगत केही सानो आर्थिक सहयोग गर्नु भएको हुन भने उनीहरूलाई चिसोमा तातो बल्याङकेट पनि सहयोग गर्नुभएको थियो । स्थानीय सरकारले सेवा दिएको बताउँदै आफ्नो भत्ता घरमै पुर्याईदिए निकै खुसी हुने उहाँको भनाइ छ । यस्ता जिल्लामा धेरै अपाङ्ग गरिब विपन्न परिवारहरू रहेका छन् । वडाले गरेको कार्यलाई उहाँले बधाई दिनु भयो । आमा छोरीको यो अवस्था देख्दा सबैका आँखामा आँसु रसाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्