Banner First

नागरिकको सहजताका लागि वडा तहमै घुम्ती शिविर लाई निरन्तरता दिँदै कृष्ण नगर

By Saru Sunar

December 14, 2022

मङ्सिर २८ कपिलवस्तु जिल्लाको कृष्ण नगर नगरपालिकाको आयोजनामा आज वडा नं २ को वडा कार्यालय बाट सेवा प्रवाह घुम्ती शिविर लाई निरन्तरता दिँदै छ।  २६ गते कृष्ण नगर नगरपालिकाका ले वडा नं १२ मा सेवा प्रवाह घुम्ती शिविर सुरुवात गरेको थियो सोही क्रममा आज वडा नं २ बाट सेवा प्रवाह गरिएको जानकारी कृष्ण नगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले जानकारी दिए l जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ सञ्चालित गरिएको उक्त शिविर बाट स्वास्थ्य सेवा, अपाङ्गता परिचय पत्र वितरण, कृषि सेवा लगायत नगरपालिकाका बाट प्रदान गरिने सम्पूर्ण सेवाहरू आज सोही स्थानबाट सेवा प्रवाह गरिने कृष्ण नगर नगरपालिकाले जानकारी गराएको छ  ।  वडा बाट नगरपालिकाका कार्यालयमा सेवा लिन आंउदा हुने कठिनाइ र समस्यालाई मध्यनजर गरी समयको बचत तथा नागरिकको सहजताका लागि गांउमै सेवा प्रवाह गरी आम नागरिक लाई सर्वसुलभ सेवा प्रवाह गर्ने उद्देश्यका साथ घुम्ती शिविर सञ्चालन गरिएको कृष्ण नगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिए l कृष्ण नगर नगरपालिकाको १२ वटै वाडहरूमा पालै पालो सेवा प्रवाह घुम्ती शिविर सञ्चालन गर्ने कृष्ण नगर नगरपालिका योजना शाखा प्रमुख शाकिर अहमद शाहले जानकारी दिए l