नेपाल पत्रकार महासंघको पाँच नम्बर प्रदेशको अध्यक्षमा  केसी लाई सिफारिस



सैघाली खबर
दाङ, ३ चैत । नेपाल पत्रकार महासघ दाङका सल्लाहकार तथा पुर्व कोषाध्यक्ष एंव प्रेस चौतारी नेपालका पुर्व जिल्ला अध्यक्ष दुर्गालाल केसि नेपाल पत्रकार महासंघको पाँच नम्बर प्रदेशको अध्यक्षमा उम्मेद्वार बन्नुहुने भएको छ ।

प्रेस चौतारी दाङको शनिवार घोराहीमा सम्पन्न वैठकले सर्व सम्मत रुपमा प्रेस चौतारी दाङका सल्लाहकारसमेत रहनु भएका केसीलाई उम्मेदवार उठाउने निर्णय गरेको हो । बैठकपछि सचिव बसन्त विवस आचार्यले दिएको जानकारी अनुसार केसिलाई पत्रकार महासंघको प्रदेश ५को अध्यक्षमा सर्वसम्मतरुपमा उठाउने निर्णय भएको र उहाँको प्रचार प्रसारलाई ब्यापक बनाउने निर्णय भएको छ । केसि कान्तिपुर दैनिकका दाङ समाचारदाता हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्