धरानका मेयरलाई कारबाही गर्न दलित आयोगले दियो गृह मन्त्रालयमा निवेदन



धरान उपमहानगर पालिकाका नगर प्रमुख हर्क साम्पाङ राईले केही दिन अगाडि आफ्नो फेसबुकवालमा

” जोडी खोज्नेहरूको लागि बास उठ्न सक्छ ! बल होइन बुद्धि लगा चमारे बुद्धि “! भनी लेखेका थिए। उनको यो भनाइ प्रति सिङ्गो दलित समुदाय आक्रोशित बनेको थियो , दलित समुदायका अधिकारकर्मीहरूले समेत उक्त लेखाइले दलित समुदायप्रतिको अपमान र आत्मसम्मानमा चोट पुराएको भन्दै सामाजिक सञ्जालमै उनलाई आत्मालोचना गर्न अनुरोध समेत गरेका थिए । राष्ट्रिय दलित आयोगले मङ्सिर २८ गते विज्ञप्ति जारी गरी दलित समुदायको कुनै जात प्रति ( चमार प्रति )अपमान हुने अभिव्यक्तिले ती समुदायलाई गम्भीर असर पर्ने भएकोले आत्म आलोचना गर्न समेत गरेको थियो । मेयर साम्पाङ भने आयोगको विज्ञप्ति प्रति पनि चासो नदेखाई दलित कोटा , दलित आयोग , दलित शब्द रहन नहुने भन्दै विभिन्न समुदाय लक्षित पोस्टहरू गर्दै आइरहेका छन् । दलित आयोगले पुन मङ्सिर २९ गते गृह मन्त्रालयमा मेयर साम्पाङलाई कानुनी कारबाहीको लागि निवेदन पठाएको आयोगका अध्यक्ष देवराज विश्वकर्माले जानकारी दिए । आयोगले विज्ञप्ति जारी गरी आत्मालोचना गर्न अनुरोध गर्दा समेत वहाँले उल्टै नेपालको कानुन , संविधान भन्दा पनि माथि रहेको जस्तो गरी अभिव्यक्ति निरन्तर दिए पछि कारबाही को लागि सिफारिस गर्न बाध्य भएको बताए ।
आयोगको निवेदन

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्