बोक्सीको आरोपमा पर्सामा दलित महिलामाथि निर्धात कु’टपिट



 

पर्साको जगरनाथपुर गाउँपालिकामा बोक्सीको आरोपमा एक दलित महिलालाई नि’र्घात कु’टपिट गरिएको छ। जगरनाथपुर–३ खलुचडीकी ६० वर्षीय सुदामादेवी चमईनलाई गाउँलेले घरमै गएर आइतबार कुटपिट गरेका हुन्।

गाउँलेको कुटपिटबाट घाइते भएकी चमईनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। उनको टाउको, गर्दन र शरीरको विभिन्न भागमा चोट लागेको छ।

चमईनलाई बोक्सीको आरोप लगाउँदै गाउँलेहरूले कुटपिट गरेको उनका छोरा प्रभु महराले बताए। उनकाअनुसार स्थानीय नबी आलम राउत गदी, रैफुल मास्टर राउत गदी, बासुदेव महरा चमार र सुरेश महरा चमारले मिलेर  बोक्सीको आरोप लगाउँदै कुटपिट गरेका हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्