शिवराजमा मेयर स्वरोजगार कार्यक्रम



कपिलवस्तु,  शिवराज नगरपालिकाको ७ औ कार्यपालिका बैठकले मेयर स्वरोजगार कार्यविधि प्रारित गरेको शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए । कपिलवस्तुमा रहेको १० वटा पालिका मध्य जनता सँग प्रत्यक्ष सरोकारको विषयमा विभिन्न निर्णय गर्दे आएको शिवराज नगरपालिकाले मेयर स्वरोजगार कार्यक्रमको कार्यविधि प्रारित गरी मेयर स्वरोजगार कार्यक्रम लागु गरिएको शिवराज नगरपालिकाका मेयर अजय थापाले जानकारी दिए । शिवराज नगरपालिका भित्र सञ्चालनमा रहेका उद्योगहरूले आफ्ना उद्योगमा शिवराज नगरपालिका भित्र रहेका ५० प्रतिशत युवाहरूलाई रोजगार दिनु पर्ने कार्यविधि प्रारित गरिएको थापाले बताए । अन्य पालिका भन्दा शिवराजमा नगरपालिकामा साना ठुला गरी ३० भन्दा बढी उद्योग सञ्चालनमा रहेको उद्योग वाणिज्य सँग चन्द्रौटाका अध्यक्ष इश्वरी पाण्डेले बताए । शिवराज नगरपालिका भित्र सञ्चालनमा रहेका उद्योगहरूले आफुलाई चाहिएका जनशक्ति अन्य मूलुक वाट ल्याउनु गर्ने बाध्यता रहेको र नेपालमा रहेका जनशक्ति अन्य मुलुकमा श्रम रोजगारमा जाने बाध्यताको अन्त हुने विश्वास नेकपा एमालेका नेता तथा नगर सचिव शरद अधिकारीले बताए । कार्यविधिले नगर भित्र रहेका जनशक्तिहरूको वर्गीकरण गरी कार्यदक्षता को आधारमा रोजगार दिने र यस वाट शिवराजका युवाहरूलाई आफ्नो नगर भित्र स्वरोजगार बनाउने अध्यक्ष थापाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्