समाचार

जय पृथ्वी अस्पतालको शल्यक्रिया  शिविर सम्पन्न 

By Thaha - Online

January 03, 2023

बझाङ । जिल्लाको सदरमुकाम चैनपुरमा रहेको जय पृथ्वी अस्पतालमा सञ्चालन भएको शल्यक्रिया शिविर सम्पन्न भएको छ ।

यहीँ पौष १५ गते बाट सञ्चालन भएको शिविर आज सम्पन्न भएको हो । करिब ५ दिन सम्म बिरामीको सेवाका लागि राखिएको जय पृथ्वी अस्पतालको स्वास्थ्य शिविर सम्पन्न भएको अस्पताल व्यवस्थापक अशोक मल्लले बताउनु भयो ।

दुर्गम बझाङका बिरामीहरूको सेवा जिल्लामै ठुलो डाक्टर बाट उपचार गराउन सक्ने भन्दै,अस्पतालले शिविर सञ्चालन गरेको स्राेतकाे भनाइ छ । बिरामीहरूले जिल्लामै उपचार सहजै रूपमा लिनु पर्ने,फाइँदालाई मध्यनजर गर्दै राखिएको शिविरमा सेती प्रादेशिक अस्पतालका वरिष्ठ एम एस जनरल तथा ल्याप्राेस्कपी सर्जरी डाक्टर  राजीव चौधरी डाक्टरको नेतृत्वमा शल्यक्रिया शिविर सम्पन्न भएको थियो ।

सदरमुकाम चैनपुरमा रहेको भरपर्दो,अस्पतालमा पाँच दिने शिविरमा १८० जनाले सेवा लिनुभएको हो । शिविरमा बिरामी चेकजाँच शल्यक्रिया प्रार्मश साथी बिरामीलाई बेहोस बनाएर पाईल्स लगायत ठुला ठुला अप्रेसन गरिएको मल्लले बताउनुभयो । यहीँ पुस १५ गते देखि सञ्चालन भएको शिविरमा,पाईल्स हाड जोर्नी,हर्नियाँ,गाठगुठी दुख्ने लगायत १५ जनाको अप्रेसन गर्न सफल भएको अस्पताल व्यवस्थापक अशोक मल्लले बताउनुभएको हो ।