कृष्ण नगर । कपिलवस्तु जिल्ला बाट कराते प्रतियोगिता मा भाग लिन भारतको आसाम जान लागेका खेलाडी हरूलाई मिर्जा राशिदले सफलताको शुभकामना सहित बिदाइ गरेका छन् ।
रामु सुनार नेतृत्वको टोली भारतको आसाम मा कराते प्रतियोगिता मा भाग लिन जाने क्रममा कृष्ण नगरको लिंकगेट स्थितमा सहभागी हुन लागेका सम्पूर्ण खेलाडी हरूको मनोबल उच्च बनाउन खेलाडी हरूलाई खादामाला लगाई स सम्मान बिदाइ गरिएको छ ।
कृष्ण नगर नगरपालिका वडा नं ३ लक्ष्मी नगर बस्ने कपिलवस्तु ३(२) प्रदेश सभा सदस्य उम्मेदवार युवा हरूको मनको ढुकढुकी मिर्जा राशिद बेगले खेलाडी हरू देशको नाम उच्च पार्ने सिपाही रहेको बताउँदै खेल ले व्यक्तिमा शारीरिक, मासिक क्षमताको विकास गराई व्यक्तिमा सामूहिक भावनाको विकास समेत गराउने बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।