के काँग्रेस गुण्डाहरुको संरक्षण गर्ने पार्टी हो ?



बनेपा /पेस्तोल र गोलीसहित गत बुधबार पक्राउ परेका गणेश लामालाई रिहाइको माग गर्दै मसाल जुलुस निकाल्ने क्रममा प्रहरी र काँग्रेस कार्यकर्ताबीच झडप भएको छ ।

शनिबार बेलुका करिब ६ बजेतिर काभ्रे  जिल्लको बनेपामा नेपाली काँग्रेस पार्टी कार्यालयबाट निकाल्न लागिएको जुलुसमा प्रदर्शनकारी र प्रहरीवीच दोहोरो झपड भएको हो ।

बेला बेला हुने यस्ता घटनाले काँग्रेस गुण्डाहरुको संरक्षण गर्ने पार्टी होकी भन्ने धेरैलाई परेको छ । यद्यपी यो घटना नौलो भने होइन ।

मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले मसाल खोसेपछि काँग्रेसका कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए ।

जुलुस शुरु गर्नुअघि गणेश लामालाई रिहाइ गर, प्रहरी दमन बन्द गर लगायतका नारा लगाईएका थियो ।

झडपका क्रममा काँग्रेसका करिब २० जना कार्यकर्ता घाइते भएको र उनीहरुको टाउको, हात, खुट्टा र ढाडमा चोट लागेको नेपाली काँग्रेस काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यले बताए ।

काँग्रेसका कार्यकर्ताले पार्टी कार्यालय गोदामचोकबाट चार दोबाटोसम्म आएर नाराबाजी गरेका थिए । सो क्रममा सडकमा करिब एक घण्टा सवारी आवागमन समेत बन्द भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्