जातीय विभेद गर्नेलाई कारबाहीको माग राख्दै प्रमुख जिल्लाअधिकारीलाई ज्ञापन–पत्र



 

 

कालिकोट माघ ४ । रास्कोट नगरपालिका –१ हिप्कोटका ३० वर्षीय अशोक शाही र उनकी पत्नी २९ वर्षिया साविना शाहीले अधिकारकर्मी वीर तिरुवालाई सार्वजनिक ठाउँमा जातीय विभेद गरेको भन्दै आज जिल्ला स्थित दलित अधिकारकर्मी,मानव अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारी राम हरी शर्मालाई ज्ञापन पत्र बुझाएका छन् । माघ ३ गते जिल्ला अदालत वाट मान्म बजार तिर फर्किने क्रममा प्रहरी हिरासतमा रहेका शाही परिवार म्याद थपको लागि सरकारी वकिल कार्यालय पुगेको समयमा पीडित तिरुवासँग जम्का भेट भएपछि जातीय विभेद हुने शब्द प्रयोग गरी गाली गलोज गरेकाले अधिकारकर्मीले आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन ।
आरोपित अशोक शाही,उनकी पत्नी,सावीना कुमारी शाही र साली सान्नि त्रिवेणी गाउँपालिका–४ की पशुविना शाहीले अधिकारकर्मी तिरुवालाई भदौ १ गते देखी सामाजिक सञ्जाल फेसबुक लगायत प्रत्यक्ष भेट गरी मसिंर १ गते सांगातिक आक्रमण गर्नुका साथै जातीय विभेदीत शब्दहरू प्रयोग गरी गाली वेइजति गरी मार्ने समेत धम्की दिएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । पीडितको उजुरी पछि मुद्दा प्रक्रियामा रहेको वेला पुनः यस्तो विभेद गरी पीडितलाई थप पीडा दिएको भन्दै आरोपितलाई कारबाहीको माग राख्दै अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारीको ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएका हुन ।
दलित गैर सरकारी संस्था महासङ्घ,रमेश नेपाली, दलित सेवा सङ्घ, दान बहादुर विक, दलित अधिकार कमी निलो तिरुवा,दनेश चदारा,वसन्त विक,मानव अधिकार पत्रकार एवम् नागरिक कार्य समूह कालिकोटका संयोजक कालीबहादुर मल्लले ज्ञापन पत्रमा हस्ताक्षर गर्नु भएको ज्ञापन पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी शर्माले मुद्दा प्रक्रिया चलिरहेको समयमा यस्तो घटना घटाउनु पीडितको लागि थप पमाण भएको बताउनु भयो । ज्ञापन पत्रमा पीडित तिरुवालाई १० वर्ष बरु जेलमै बस्नु परे पनि मारेरै छाड्ने सम्मको अभिव्यक्ति न्याय निरूपण गर्ने पवित्र क्षेत्रमा दिएको हुँदा सिङ्गो पैसठ्ठी लाख दलित समुदायको ध्यान आकर्षण भएको छ भनिएको छ । यस्तै २१ औ शताब्दीमा पनि जातीय विभेद जस्तो जघन्य अपराध गरी प्रहरीको निगरानीमा रही अनुसन्धान भइरहेको अवस्थामा पनि दलित समुदाय प्रति यस्तो खालको अभिव्यक्ति र ज्यान मार्ने जस्तो धम्की समेत दिएको हुँदा पीडकहरूलाई नेपालको संविधानका धारा २४ र जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ संसोसिध ऐन २०७५ मा भएको व्यवस्था अनुरूप हदै सम्मको कानुनी कारबाही गरी दिनहुन अनुरोध गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्