टप फिचर

सत्ता सहकार्यबारे जसपा र जनमत पार्टीबीच छलफल

By Thaha - Online

January 22, 2023

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबीच सत्ता सहकार्यबारे छलफल भएको छ। मधेस प्रदेशमा सहकार्यलगायतका विषयमा आज जनमत पार्टीले जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेको हो।

जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहा र महासचिव चन्दन सिंहलगायतका नेताहरूले बालकमारीस्थिज जसपाको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग छलफल गर्नुभएको सो पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए।

सो भेटमा मधेस सरकार गठन र मन्त्रालय बाँडफाँटका लागि गठबन्धन बनाउने विषयमा नेताहरूबीच कुराकानी भएको थियो।