दाङ काग्रेसको चुनावी माहौल ब्यापक बन्दै



दाङ असार ३
नेपाली काग्रेसले दाङका सबै पालीकामा आफ्ना उम्मेदवारको टुङगो लगाएपछि चुनावी माहौललाई ब्यापक रुपमा बढाएको छ । उसले जिल्लाका २ उपमहानगरपालीका,लमही नगरपालीका र ७ गाँउपालीकामा आफ्नो पक्षमा मतदाताहरुलाई मतदान गराउन घरदैलो,आमसभा,छलफल र भेटघाट लगायतका कार्यलाई तिब्र बनाएको हो ।
टिकट बितरण अघि देखिएका तिक्ता समेत मेटिदै गएका काग्रेस नेता कार्यकर्ताहरुले दाबी गरेका छन् ।
यसैबिच नेपाली काग्रेसका केन्द्रीय सदस्य एबम पूर्ब मन्त्री दिपक गिरी चुनावी प्रचार प्रसारमा जुट्नु भएको छ ।
उहाले तुलसीपुुर उपमहानगरपालीका मेयरका उम्मेदवार गेहेन्द्र गिरी,उपमेयर पदका उम्मेदवार देबीका नेपाली लगायत वडा अध्यक्षहरु र वडा सदस्यहरुलाई बिजयी बनाउन गृह जिल्ला आएदेखि जुट्नुभएको छ । त्यस्तै सांसद बुद्धिराम भण्डारी,सांसद डिल्लीबहादुर चौधरी लगायत लामो अनुभव प्राप्त काग्रेसका नेताहरु पनि आफ्नो पार्टीका उम्मेदवारलाई चुनावमा जीताउन खटिनुभएको छ । उता नेपाली काग्रेसको तर्फबाट घोराही मेयर,उपमेयर र बिभिन्न पदका उम्मेदवार लगायत बिभिन्न पालीका अध्यक्ष र सदस्यहरुलाई जीताउन सासदद्धय अनीता देबकोटा,राजु खनाल,कृष्णकिशोर घिमिरे,पुर्ब सभापति बिरकेश्वरी गौतम,कमल किसोर घिमिरे लगायतका नेता कार्यकर्ता जुट्नुभएको छ ।
त्यस्तै लमही नगरपालीका लगायतका गाउपालीमा चुनावी माहौल बनाउन सांसद पार्वती डिसी चौधरी,सुशिला चौधरी लगायत नेता कार्यकर्ता जुट्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्