उच्चस्तरीय राजनीतिक सहमतीबाट दाङ राजधानी : वली



सैघाली खबर
दाङ,४ चैत

पाँच नंबर प्रदेश सभा सदस्य उत्तर कुमार वलीले उच्च स्तरीय राजनीतिक सहमतीबाट दाङमै प्रदेशको राजधानी बन्ने बताएका छन् । मानव अधिकार तथा शान्ति समाज दाङले आयोजन गरेको संघिय संरचनामा मानव अधिकारको भूमिका विषयक कार्यक्रममा उनले भद्र सहमतीबाट दाङ राजधानी बन्ने कुरामा ढुक्क रहन आग्रह गरे ।

हरेक हिसाबले दाङ नै राजधानी बन्न उपर्युक्त भएकाले बुटवलबासीले पनि दाङ राजधानी बन्ने बिषयमा नैतिक समर्थन गर्ने उनको भनाई थियो । केन्द्रका हिसाबले १२ वटै जिल्लाको केन्द्र दाङ बन्ने उनको भनाई थियो । साथै पूर्बाधारका हिसाबले पनि दाङनै राजधानीका लागि उपयुक्त भएको बताए । अस्थायी राजधानी तोकिएको बुटवलमा अहिले सम्म मन्त्रालय राख्ने उपयुक्त ठाउँ नभएकाले प्रदेश सरकारले पुर्णता पाउन नसकेको उनले बताए । ‘देउवा नेतृत्वको सरकारले प्रदेशको राजधानी बुटवल तोक्यो’

असुरक्षीत महसुस हुने गरी राजधानी वनाउन नसकीने भन्दै मन्त्रालय र मन्त्री बस्ने निवास नभएको ठाउँमा राजधानी नबन्ने ठोकुवा संसाद वलीले गरे ।

समाजका सभापति सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उपमेयर माया आचार्य, शान्तिनगर गाउँपालिका अध्यक्ष कमान सिंङ डाँगी, शान्ति समाजका केन्द्रि सचिव सुशिल बस्नेत, संघिय प्रहरी इकाई कार्यालय तुलसीपुरका बरिष्ठ प्रहरी उपरीक्षक दिलिप कुमार चौधरी, नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का, नेपाली कांग्रेसका सुरेन्द चौधरी, एकीकृत माओवादीका रामजी चौधरी, नेपाल कम्युनिष्ठ पार्टीका विकास वली, नागरीक समाज दाङका सल्लाहकार टिकाराम रेग्मी, वेसका कार्यकारी निर्देशक चुर्ण चौधरी, तुलसीपुर उद्योगबाणीज्य संघका अध्यक्ष विरु रावत, संस्थापक सभापति डिल्लीराज धिताल, महेन्द्र लामीछाने , निर्मल नेपाली, प्रमोद न्यौपाने, निर्मला योगी, लगाएतले बोलेका थिए ।

कार्यक्रमको संचालन सचिव सरद रेग्मीले गरेका थिए । सो अवसरमा निर्वाचित जनप्रतिनिधि र शान्ति समाजमा रहेर विभिन्न क्षेत्रमा जिम्मेवारी सम्हालेका व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्