बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं। नेपाली बजारमा आज बुधबार सुन र चाँदीको मूल्य बढेको छ। हिजो मंगलबार एक लाख पाँच हजार आठ सयमा कारोबार भएको छापावाल सुन आज पाँच सयले बढेर एक लाख छ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ सयमा कारोबार भइरहेको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार तीन सय ७० पुगेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्