बिद्यार्थीलाई नेतृत्व बिकास तालिम दिदै तुलसीपुर जेसिज



सैघाली खबर
दाङ,४ चैत

तुलसीपुरमा जेसिज ईन द क्लास रुम कार्यक्रम शुरु भएको छ । तुलसीपुर नगरजेसिजको आयोजनामा शनिबार देखि उक्त कार्यक्रम शुरु भएको हो । प्रत्येक बिद्यालयमा पुगेर बिद्यार्थीहरुलाई नेतृत्व विकास गराउन, बिद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्व, जिम्मेवार नागरिक तथा ब्यबसायीक बनाउन कार्यक्रम शुरु गरिएको तुलसीपुर जेसिजका अध्यक्ष दिपेश भण्डारीले बताए ।

जेसिल बर्ष २०१८ को कार्ययोजना अन्तरगत उक्त कार्यक्रम शुरु गरिएको उनले बताए । शनिबार ग्रेट अरणीको ईङ्लिस सेकेन्डरी स्कुलका बिद्यार्थीहरुलाई नेतृत्व विकास, सामाजिक उत्तरदायित्व, जिम्मेवार नागरिक तथा ब्यबसायीक बन्न प्रेरणा दिने खालको उत्प्ररणादायक शिक्षा दिईएको थियो । प्रत्येक महिना प्रत्येक बिद्यालयमा पुगेर यस्तै उत्प्रेरणादायक शिक्षा दिईने कार्यक्रम संयोजक एकराज भण्डारीले बताए ।

सोही कार्यक्रममा बिद्यार्थीहरुको क्षमता बिस्तारसंगै सकारात्मक सोँचको बिकास हुँने अपेक्षा गरिएको उनको भनाई थियो । नेपाल जेसिज बर्ष २०१८ का गुणस्तरीय शिक्षा संयोजक सुर्य प्रशाद शर्मा, तुलसीपुर नगरजेसिजका निबर्तमान अध्यक्ष बिमल पौडेलले उत्प्रेरणादायी शिक्षा दिएका थिए ।

यसैबीच कार्यक्रमको शनिबार उद्घाटन गरिएको हो । तुलसीपुर नगरजेसिज बर्ष २०१८ का अध्यक्ष दिपेश भण्डारीको अध्यक्षता तथा ग्रेट अरणीको सेकेन्डरी ईगंलिसका सिईओ बिष्णु प्रशाद देवकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अबशरमा प्रमुख अतिथि देवकोटाले यस्ता कार्यक्रमले बिद्यार्थीहरुमा सकारात्मक प्रभाव पर्ने बताए । बिद्यार्थी उमेरमा चन्चलपन हुने र उनीहरु बिभिन्न नराम्रा कामप्रति आकर्षित हुने भन्दै यस्ता कार्यक्रमले उनीहरुलाई सहि मार्गमा हिडाउन मद्धत पुग्ने बताए ।

कार्यक्रममा तुलसीपुर नगरजेसिजका बरिष्ठ सल्लाहकार कुसल तर्ताल, हाम्रो पहुँच सेकेन्डरी स्कुलका प्रिन्सीपल डिआर भण्डारीले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन पनि सुझाब दिएका थिए ।

कार्यक्रम संयोजक एकराज भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा बसन्त भण्डारीले आस्था पाठ गराएका थिए भने सहजीकरण महासचिब नारायण भट्टराईले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्