आज सुनको मूल्यमा नयाँ रेकर्ड



काठमाडौं। नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको हो।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको छ। यसअघि गएको १२ गते सुनको मूल्य बढेर तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको थियो। यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ७ हजार पुगेको छ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी बुधबारको तुलनामा प्रतितोला २५ रुपैयाँले बढेर आज १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले नेपालमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्