टप फिचर

उपाध्यक्ष मशहूदको पहलमा आयसा गर्ल्स कलेजमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

By Thaha - Online

February 06, 2023

कपिलवस्तु, कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आयसा गर्ल्स कलेजमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खा नेपाली को पहलमा आज निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। सञ्चालन गरिएको शिविरमा छाला तथा यौन रोग , महिला तथा स्त्रीरोग तथा जनरल सेवाहरू का साथ शिविर सञ्चालन गरिएको छ। सो शिविर बाट कृष्णनगर नगरपालिका भित्रका बहुसङ्ख्यक सेवाग्राही आफ्नो चेकजाँच गराउनका साथै निःशुल्क रूपमा औषधि समेत लगेका छन्।

स्त्री रोग विशेषज्ञ शकुन्तला गुप्ता, छाला रोग विशेषज्ञ रक्षा पाठक, जनरल फिजिशियन डा. पोषण न्यौपाने रहेका थिए । सोही क्रममा राष्ट्रिय मदरसा सङ्घ नेपालका राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनी अल्कूफी, आयसा गर्ल्स कलेजका अध्यक्ष डा. मन्जुर अहमद खां, मौलाना अब्दुल नूर, डा. सहिद अहमद असरि, मौलाना अब्दुल सत्तार, मौलाना अब्दुल रशीद मदनी, राष्ट्रिय मदरसा सङ्घ नेपालका उपाध्यक्ष शैख जैस मक्की लगायतले प्रदेश निर्देशनालयका डाइरेक्टर डा. विनोद कुमार गिरि, मुस्लिम आयोगका सदस्य अरशद मिर्जा बेग, वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी तथा कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा लाई राष्ट्रिय मदरसा सङ्घ नेपालले सम्मान गरेको थियो ।