टप फिचर

एकैपटक ५ सय ५५ वटा मादल बजाएर नेपाली सेनाले बनायो विश्व कीर्तिमा

By Thaha - Online

February 18, 2023

काठमाडौं। नेपाली सेनाले एकैपटक ५ सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा एकैपटक ५ सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरिएको हो।

कीर्तिमान कायम भएपछि प्रधानसेनापति प्रभुराम शर्मालाई गिनिजबुक अफ वल्र्डका नेपाल प्रतिनिधिले प्रमाणपत्र हस्तान्तरण गरेका थिए।