शंकास्पद वस्तु पत्ता लगाउन राष्ट्रपति बाडेनको निर्देशन



एजेन्सी। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा टोलीलाई वायुमण्डलमा मानवरहित तरिकाले राखिन सक्ने शंकास्पद वस्तुहरू पत्ता लगाउने संयन्त्रको विकास गर्न निर्देशन दिएका छन्।

ह्वाइट हाउसले ट्वीटरमा उल्लेख गरेअनुसार “राष्ट्रपति बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा टोलीलाई अमेरिकी आकाशमा मानवरहित वायुजन्य वस्तुहरू पत्ता लगाउने संयन्त्र स्थापना गर्न निर्देशन दिए। उनले राष्ट्रिय सुरक्षा टोलीलाई मानवरहित सम्भावित वायुजन्य वस्तुहरूको सूची तयार पार्न र यी वस्तुहरू पत्ता लगाउने क्षमता सुधार गर्न थप उपायहरू अवलम्बन गर्न समेत निर्देशन दिए।

अमेरिकी आकाशमा हालै देखिएका शंकास्पद वस्तुहरूबारे अमेरिकाको प्रतिक्रियाका विषयमा टिप्पणी गर्दै राष्ट्रपति बाइडेनले गुप्तचर निकायले विगतका दिनहरूमा खसालेका तीन वस्तुहरू चीनको निगरानी प्रणालीसँग सम्बन्धित रहेको वा नरहेको बारे थप अनुसन्धान गर्न समेत निर्देशन दिएका छन्। यसैबीच उनले चिनियाँ राष्ट्रपति सी चिनफीङसँग वार्ता गर्ने अपेक्षा गरेको पनि उल्लेख गरे।

खुफिया निकायको पछिल्लो अनुसन्धान अनुसार ती वस्तुहरू प्रायः निजी कम्पनीहरू वा मौसम अध्ययन गर्ने वा अन्य वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने संस्थाहरूसँग सम्बन्धित बलुनहरू थिए। गत फेब्रुअरी ४ मा चीनले मुख्य रूपमा मौसम विज्ञानको अनुसन्धानका लागि प्रयोग गरिएको नागरिक हवाई जहाज भएको दाबी गरेको विशाल बलुनलाई एक हप्तासम्म देशमा घुमाएपछि खसालेको अमेरिकाको दाबी छ।

म स्पष्ट हुन चाहन्छु पछिल्ला दिनहरूमा हाम्रो आकाशमा देखिने शंकास्पद वस्तुहरूको संख्यामा अचानक वृद्धि भएको कुनै प्रमाण त छैन तर हामी जडान गरेका निगरानी राडरहरूले त्यस बारे थप जानकारी दिनेछन्। राष्ट्रपति बाइडेनले केही समय अघि देखिएका ती तीन वस्तुहरू चिनियाँ जासुस बलुन कार्यक्रमसँग सम्बन्धित हुन् वा अन्य कुनै देशको निगरानी सम्यन्त्रसँग सम्बन्धित हुन सक्छन् भन्ने बारे थप अनुसन्धान आवश्यक रहेको बताए।

उनले अमेरिकाले आफ्नो आकाशमा देखेका हरेक मौसमी बलुनलाई गोली हान्ने त छैन तर ती जासुसीसँग सम्बन्धित छन् वा छैनन् त्यस बारे भने गम्भीर अध्ययन अनुसन्धान भने गर्ने बताए। उनले यदि कुनै वस्तुले अमेरिकी जनताको सुरक्षामा खतरा उत्पन्न गर्छ भने त्यसलाई नियन्त्रण गर्न अमेरिका सक्षम हुने पनि उनले दाबी गरे।

राष्ट्रपति बाइडेनले ती तीन वस्तुहरू कुनै निजी कम्पनी, मनोरञ्जन वा अनुसन्धान संस्थाहरू, मौसम अध्ययन वा अन्य वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने बेलुनहरू पनि हुन सक्ने बताए। ‘अमेरिकाले चीनसँग नयाँ शीतयुद्ध चाहिरहेको छैन। हामी पनि चीनसँग घनिष्ठ संलग्नता चाहन्छौं,’ उनले भने। अमेरिकी कूटनीतिज्ञहरू चिनियाँ समकक्षीहरूसँग निरन्तर सम्पर्कमा रहेर चीनका राष्ट्रपतिसँग संवाद जारी राख्ने राष्ट्रपति बाइडेनको धारणा छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्