समाचार

उपाध्यक्ष मशहूदले मदरसाको समस्या समाधान गर्न अर्थमन्त्री र शिक्षा सचिव लाई दिए ज्ञापन पत्र

By Thaha - Online

February 20, 2023

कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले आज उप प्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेल तथा शिक्षा  सचिव राम कृष्ण सुवेदी लाई भेटेर मदरसा व्यवस्थापन बारे ज्ञापन पत्र दिएका छन् ।

मदरसामा पढाउने शिक्षक लाई प्रक्रिया पुराई दरबन्दी स्थापना गरी स्वतः स्थायी गर्नु पर्ने तथा नेपाल सरकारले मदरसामा दिँदै आएको वार्षिक अनुदान रकम दुई लाख एकचालिस  हजार बाट बढाएर दश लाख दिनुपर्ने प्रमुख माग सहित ज्ञापन पत्र दिइएको लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां ले जानकारी दिएका छन् । उप प्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले मदरसा व्यवस्थापन बारे आफू सकारात्मक रहेको तथा मदरसाका सवालमा उचित व्यवस्थापन गरी मदरसाको समस्या समाधान गरिने आश्वासन दिनुभएको उपाध्यक्ष मशहूदले जानकारी दिए ।

उपाध्यक्ष खां सहित राष्ट्रिय मदरसा सङ्घ नेपालका उपाध्यक्ष शैख जैस मक्की तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति सल्लाहकार  मेघनाथ ढकाल सहितले उप प्रधानमन्त्री तथा अर्थ मन्त्री र शिक्षा सचिव राम कृष्ण सुवेदी लाई भेटेर मदरसा व्यवस्थापन बारे ध्यानाकर्षण गराएका थिए ।