Banner First

उच्च अदालतले दियो पल शाहलाई सफाइ, भोलि छुट्ने

By Saru Sunar

February 26, 2023

काठमाडौं। कलाकार पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।

जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध सफाइ माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ गर्दै उच्च अदालत पोखराले शाहलाई सफाइ दिएको हो।

उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो।

उनलाई तनहु जिल्ला अदालतले यसअघि सफाई दिइसकेको छ। उनी यस आदेशबाट सफाइ पाएसँगै एक वर्षपछि जेलमुक्त हुने भएका छन्।