काठमाडौं। नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य मेटमणि चौधरीले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्चमा दर्ता गरिएको रिट केवल ब्ल्याकमेलिङ भएको बताएका छन्।
‘कमरेड प्रचण्ड विरुद्ध सर्वोच्चमा परेको रिट र हुन सक्ने सम्भावनाको विषय केवल भ्रमित पार्ने कुरा मात्रै हो। तत्कालीन समयमा संयुक्त राष्ट्र संघको रोहबरमा नेपाल सरकार र विद्रोही पक्षबिचमा पक्रिया मिलाएर टुङ्गोमा पर्याउने विषय हो। हो केही काम बाँकी छन्। यो सरकारले नै टुङ्गोमा पुर्याउने विषय हो,’ चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्।
पूर्वमन्त्रीसमेत रहेका चौधरीले यसबाट कसैलाई पनि खुसी हुन जरुरी नभएको स्पष्ट पारेका छन्। ‘यो फगत भ्रम हो। राष्ट्रपति चुनाव अगाडि गरिएको प्रोक्सि लडाइँ हो,’ उनले भनेका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।