sf7df8f}F, @^ df3 . ;~rf/ tyf ;"rgf k|ljlw dGqL /]vf zdf{ dGqfnodf a'waf/ cfof]lht cfj @)&(÷*) sf] bf];|f] q}dfl;s÷cw{ jflif{s k|ult ;dLIff tyf dGqfno:t/Lo ljsf; ;d:of ;dfwfg ;ldltsf] a}7sdf lbg]{zg;lxt dGtJo /fVg'x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .

Banner Second

शान्ति प्रक्रियालाई पूर्णता दिन्छौं : मन्त्री शर्मा

By Thaha - Online

March 07, 2023

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य रेखा शर्माले जनताको जीवनसँग जोडिएका मुद्दालाई प्रभावकारीरुपमा अघि बढाउन पार्टीका कार्यकर्तालाई निर्देशन दिएकी छन्।

धादिङको गल्छी गाउँपालिका र धुनिबेँसी नगरपालिकाका कार्यकर्तासँगको भेटमा मन्त्री शर्माले सो निर्देशन दिएका उनका प्रेस संयोजक नरेन्द्र केसीले जानकारी दिए। ‘हामी सकारको नेतृत्व गरिरहेका छौं, बागमतीलगायत केही प्रदेशको पनि नेतृत्व गरेका छौं,’ उनले भने, ‘कयौं पालिका र वडा तहमा पनि हामीले नेतृत्व गरेका छौं, यो बेलामा जनताले हामीबाट धेरै आशा गरेका छन्।’

पार्टी र सरकारसम्म जनताका आवाज पुर्‍याउने मुख्य भूमिका स्थानीयस्तरका नेता कार्यकर्ताको हुने भएकाले यसलाई प्रभावकारीरुपमा अघि बढाउन नेता कार्यकर्ता निःस्वार्थ र सेवा भावसहित लाग्नुपर्ने मन्त्री शर्माको भनाइ छ। ‘हामी जनताकै जीवन परिवर्तनका लागि आफ्नो जीवनको समेत पर्वाह गरी राजनीतिमा लागेका छौं, हामीसँगैका कयौं साथी सहिद हुनुभयो,’ उनले भनिन्, ‘हामी जो जसले जे जिम्मेवारी पाएका छौं, सहिदका सपना र जनताको भावनालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ।’

अहिले शान्ति प्रक्रियाका केही काम बाँकी रहेकाले यसैमा टेकेर नेतृत्व र पार्टीमाथि प्रहार गर्न थालिएको उल्लेख गर्दै मन्त्री शर्माले जतिसक्दो चाँडो शान्ति प्रक्रियालाई पूर्णता दिने काममा सरकार लागेको बताइन्। पार्टी र नेतृत्वमाथि विभिन्न कोणबाट भइरहेका प्रहारबाट हतोत्साहित नहुन कार्यकर्तालाई आग्रह गर्दै उनले पार्टी र नेतृत्व अझ मजबुत भएर अघि बढ्ने पनि बताइन्।

सो क्रममा माओवादी केन्द्र धुनीबेँसीका अध्यक्ष राजकुमार पाठक, गल्छीका अध्यक्ष रामशरण सिन्चुरीलगायतले मन्त्री शर्मालाई पार्टी गतिविधिबारे अवगत गराउँदै धादिङमा पार्टीको अवस्था सुदृढ बन्दै गएको उल्लेख गरेका थिए।