चार कम्युनिष्ट पार्टीले गरे संयुक्त मोर्चाको घोषणा



काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार कम्युनिष्ट पार्टीले संयुक्त मोर्चाको घोषणा गरेका छन्। काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरेर चार कम्युनिष्ट पार्टीले संयुक्त मोर्चाको घोषणा गरेका हुन्।

संयुक्त मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र कर्णजित बुढाथोकी ‘सुशिल’ नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टी रहेका छन्।

मोर्चाको नाम समाजवादी, देशभक्त मोर्चा हुने चार दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। मोर्चाले केन्द्रीय समिति बनाउने र केन्द्रीय समितिमा अध्यक्ष मण्डल रहने छ। अध्यक्ष मण्डलले अध्यक्ष तोक्ने र अध्यक्षको कार्यकाल एक वर्षको हुने विज्ञप्तिमा उल्लेख छ। मोर्चाको केन्द्रीय, प्रदेश र जिल्ला संगठन हुनेछ। केन्द्रीय समितिमा १५ देखि २१ जनासम्म र जिल्लामा ११ देखि १५ जनासम्म रहने उल्लेख छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्