काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)लाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
आज बिहान बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक गङ्गाराम चौधरीले जानकारी दिए। उनका अनुसार उपराष्ट्रपतिको उम्मेदवारका रुपमा अध्यक्ष श्रेष्ठको नाम आठ दलको बैठकमा प्रस्ताव गरिनेछ।
श्रेष्ठ कैलाली-१ बाट निर्वाचित सांसद हुन्। यसैगरी जनता समाजवादी पार्टी नेपाल, (जसपा)ले पनि संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने बिहीबार निर्णय गरेको थियो। उपराष्ट्रपतिका लागि फागुन २७ गते उम्मेदवारो मनोनयन दर्ता हुनेछ भने आगामी चैत ३ मा निर्वाचन हुनेछ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।