सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले सहजै मृत्यु दाबी भुक्तानी दिँदै 

भुक्तानी दिन पीडित लाई खोज्दै प्रबन्धक महतो 


सिरहा लहान २ । वैदेशिक रोजगारीमा कतार पुगेका सिरहा नगरपालिका वडा नम्बर २० सिकाजोती घर भएका बुवा शिव नाथ चमार, आमा ललिता महराकी २२ वर्षको माइलो छोरा बिकेश रामको मृत्यु भएको छ्।

बिदेश गरेको १५ महिना पछि स्वदेश फर्किएका ७ दिन नबित्दै उनले बीस सेवन गरी आत्म हत्या गरेका थिए। बिमा अभिलेख नम्बर FE1000113214 भएको बिकेश २०७९-मङ्सिर १३ गते  मृत्यु भएको थियो।

पुत्र शोकमा डुबेका बुवा शिव नाथ चमार लाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले मृतकको बुवालाई क्रिया खर्च सहित १३ लाखको माछापुच्छ्रे बैङ्कका पत्रकार महेश सिंह सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका कर्मचारी हेम नारायण सिंह,रोशन महतो,स्थानीय अभि कर्ता सिमा कुमारी साह, सप्तरी ट्राफिककी अभि कर्ता रेखा साह लगायतकी व्यक्तिहरूको रोहवरमा चेक हस्तान्तरण गरेका छन्।

पीडित चमारको घराईसी अवस्था निकै कमजोर रहेका स्थानीय सिमा कुमारी साहले बताए।घरायसी काम काज गरेर घर परिवार चलाउने गरेको प्रबन्धक महतोले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्