समाचार

आइशा गर्ल्स कलेजका ३७ जना छात्रा फजीलतको उपाधि साथ बिदाइ

By Thaha - Online

March 16, 2023

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कलेजका ३७ जना छात्रालाई फजीलतको उपाधि साथ बिदाइ गरिएको छ।

बिदाइ कार्यक्रममा आइसा गर्ल्स कलेजका अध्यक्ष डा. मन्जुर अहमद खां, प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, विशिष्ट अतिथिमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगर प्रमुख सुशील पौडेल, इप्रका कृष्णनगरका प्रहरी निरीक्षक नवराज ढुंगाना, विओपी कृष्णनगर प्रमुख सशस्त्र प्रहरी निरीक्षक जोगेन्द्र केसी, अतिथिमा दिनेश चन्द गुप्ता, अब्दुल रसीद मदनी, अब्दुल नूर रहनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मशहूद खां नेपालीले छात्रा हरूलाई आगामी यात्राको शुभकामना दिँदै सार्क राष्ट्रमा आठ ओटा राष्ट्र रहेको जसमा चार ओटा मुस्लिम राष्ट्र रहेको र भारतमा दोस्रो स्थानमा मुस्लिमको जनसङ्ख्या रहेको र अन्य तीन वटा राष्ट्रमा समेत मुस्लिमको जनसङ्ख्या राम्रो नै रहेको बताउँदै सार्क राष्ट्र स्तरमा मदरसामा अध्ययनरत छात्र, छात्रा लाई आधुनिक तथा साधारण लगायत अन्य शिक्षा जस्तै मदरसा शिक्षा लाई विस्तार गर्दै जानुपर्ने कुरामा जोड दिए।

कार्यक्रममा  बोल्दै आइशा गर्ल्स कलेजका संरक्षक समीम अहमद नदवीले छात्रा हरको उज्जवल भविष्यको कामना गर्दै समाजवादी रहेको कुरिती र अन्धविश्वास हटाउन शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको बताए।

कार्यक्रममा बोल्दै दिनेश चन्द गुप्ताले आइशा गर्ल्स कलेज लामो समयदेखि छात्राको शिक्षामा योगदान दिँदै आएको आफैमा संस्था प्रति सबैको उच्च सम्मान रहने बताए।

कार्यक्रममा बोल्दै डा. मन्जुरले आइशा गर्ल्स कलेज बाट पजीलतको पढाई गरेर जाँदै गरेको छात्रा लाई कलेजको राजदूत जस्तै भएर भूमिका निर्वाह गर्नुपर्ने साथै मदरसाको साथ सधैँ दिइरहन आग्रह गरे।

 कार्यक्रममा मोहम्मद वसीर, खुर्शीद अहमद शल्फी, अब्दुल रशीद रियाजी, रियाज उमरी, सउद अखतर सल्फी, मोहम्मद असलम मदनी, प्रवेज याकूब मदनी, खालिद राशिद, अलताफ अहमद खां, अब्दुल समद खां नेपाली, अकिल अहमद, मोहम्मद अकरम आलीयाबी, अब्दुल शकूर मदनी, मोहम्मद आमीर, सहरोज अहमद लगायत रहेका थिए।

कार्यक्रम सफल बनाउन अब्दुल सत्तारको महत्त्वपूर्ण भूमिका रहेको थियो l कार्यक्रम सञ्चालन मौलाना एहसानूल्ला ले गरेका थिए।