sf7df8f}F, @ kmfu'gM sLlt{k'/l:yt lqlj lqms]6 d}bfgdf v]nf8L;Fu k|d bfxfn sLlt{k'/l:yt lqlj cGt//fli6«o lqms]6 d}bfgdf laxLaf/ g]kfnL lqms]6 v]nf8L;Fu k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú . tl:a/M k|bLk/fh jGt÷/f;;

Banner First

नेपाल विश्वकप क्वालिफायरमा

By Thaha - Online

March 16, 2023

काठमाडौं। नेपाल एक दिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुगेको छ। आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै क्वालिफायरमा पुगेको हो।

नेपालले युएईलाई डकवर्थ लुइस नियमअनुसार ९ रनले पराजित गरेको हो। युएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ४४ ओभरमा छ विकेटको २६९ रन बनाएको थियो। त्यसपछि पर्याप्त प्रकाश नभएका कारण अम्पायरले खेल रोकेपछि नेपाल विजयी भएको हो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले छ विकेटको क्षतिमा ३११ रन विशाल लक्ष्य नेपालसामु प्रस्तुत गरेको थियो। युएईका लागि आशिफ खानले ४२ रनमा १०१ रनको योगदान दिए भने वृत्य अरविन्दले ९४ र कप्तान मोहम्मद वासिमले ६७ रनको योगदान गरे।

नेपालको जितमा चार जनाले अर्ध शतक बनाए। भीम कार्कीले ६७, आरिफ शेखले ५२ रन बनाए भने कुशल भुर्तेल र गुल्सन झाले समान ५० रनको योगदान गरे। जितसँगै नेपालको अंक ४० पुगेको छ। ३९ अंकका साथ तेस्रो स्थानमा बसिरहेको नामिबिया भने चौथो स्थानमा रहँदै प्ले अफ क्वालिफायरमा झरेको छ।