किसान सङ्घद्वारा भालुबाङमा प्रदर्शन



दाङ । कृषि मलको मूल्य वृद्धि कम गर भन्दै अखिल नेपाल किसान महासङ्घ दाङ देउखुरीले बुधबार भालुबाङमा प्रदर्शन गरेको छ।

कृषि मलको मूल्य वृद्धि कम गर, मिटर ब्याजीहरुको ब्याज मिनाहा गर , लघुबितिय सहकारी संस्थाहरूलाई अवैध घोषणा गर, कृषि मल बीउ विजन सर्वसुलभ तरिकाले किसानहरूलाई उपलब्ध गर, खेतीयोग्य जमिनको प्लटिङ बन्द गर, कृषि मल कारखाना निर्माण गर, भारतीय अखाद्य तरकारी आयात तुरुन्त बन्द गर, भन्ने विभिन्न नारा अङ्कित ब्यानर तथा प्लेकार्ड बोकेर गगन भेदी नारा लगाउँदै सहिद कृष्ण सेन इच्छुक प्रतिमा स्थल पुलचोक भालुवाङबाट सुरु भएको विशाल र्‍यालीले पुलचोक बजार, निर्माणाधीन बसपार्क, हनुमान गढी मन्दिर टोल, राम जानकी मन्दिर टोल, इलाका प्रहरी कार्यालय भालुवाङ बजार परिक्रमा गरी लुम्बिनी प्रदेश कृषि तथा भुमिव्यवस्था मन्त्रालय प्राङ्गण भालुवाङमा पुगेर विरोध सभामा परिणत भएको थियो।

अखिल नेपाल किसान महासङ्घ दाङ देउखुरीका अध्यक्ष ऋषिराम पौडेलको अध्यक्षता, अखिल नेपाल किसान महासङ्घ केन्द्रिय कोषाध्यक्ष प्रेमनारायण आचार्यको प्रमुख आतिथ्यमा विरोध सभा सम्पन्न भएको थियो।

प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै कोषाध्यक्ष आचार्यले देशको झन्डै ८३ प्रतिशत जनसङ्ख्या कृषिमा आधारित किसानहरूको हक अधिकारका लागि सरकार उदासीन छ भन्नू भयो। विशिष्ट अतिथि राजमो केन्द्रिय कार्यकारी अध्यक्ष तथा सविधान सभाका सभासद् रश्मिराज नेपालीले सम्बोधन गर्नु हुँदै आफूलाई ठुला भन्ने पार्टीहरू सत्ता निचोर्न डुबेको देशको किसानको विकासमा उदासीनमा रहेको हुँदा किसानहरूले हक र अधिकार प्राप्तिका लागी सङ्घर्षका विकल्प नरहेको बताउनु भयो। अर्का विशिष्ट अतिथि नेकपा मसाल जिल्ला समिति दाङको प्रवक्ता भरत भण्डारीले सम्बोधन गर्नु हुँदै देश अर्धआउपनुसिक र अर्धसामन्ती रहँदा सम्म देशको किसानको हक अधिकार सुनिश्चित नहुने हुँदा यस अवस्थालाई प्रस्ट गर्न कृषि क्रान्तिको आवश्यकता रहिरहन्छ भन्नू भयो।

सोही विरोध सभालाई रामो दाङका उपाध्यक्ष महेश रिजाल, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रिय सदस्य केशवराज खनाल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) दाङका अध्यक्ष हरि थापा, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य पूर्णिमा आचार्य, रामो दाङका सचिव वसन्त पौडेल, अखिल छैंठौ दाङ जिल्ला अध्यक्ष सरिता पुन, अखिल नेपाल जनजाति सम्मेलन दाङका सचिव दलबहादुर पुन, अखिल नेपाल युवक सङ्घका हिमाल एमसी, नगर बिकास समिति भालुवाङ का सदस्य विजुला केसी, अखिल नेपाल उद्योग व्यापार सङ्घका केन्द्रिय सदस्य विष्णु श्रेष्ठ लगायतले सम्बोधन गर्नु भएको थियो।

सहिद प्रति एक मिनेट मौन धारण गरी सुरु भएको विरोध सभामा जिल्ला उपाध्यक्ष माधव आचार्यले स्वागत मन्तव्य दिनु भएको थियो भने जिल्ला सचिव मणिराम खनालले सञ्चालन गर्नु भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्