सेती नदी -३ जलविद्युत आयोजना सरोकार समूहद्वारा उचित मुआब्जाको माग राखेर विरोध प्रदर्शन



बझाङ सदरमुकाम चैनपुरनजिकै निर्माण हुने ८७ मेगावाट क्षमताको सेती–३ जलविद्युत् आयोजनाले मुआब्जा दिँदा उचित मूल्याङ्कन गरेर मात्र दिनु पर्ने माग राखी प्रभावित क्षेत्र सरोकार समितिले  बझाङ चैनपुरमा जनर्‍याली प्रदर्शन गरेको छ ।

चैनपुर पान कोट पुल वाट सुरु भयको र्‍याली जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर सम्पन्न भयको थियो । र्‍यालीमा सहभागीहरूले उचित मुआवजा दिनु पर्ने ,स्थानीय जनतालाई रोजगारी दिनु पर्ने,पूर्ण रूपमा विस्थापितलाई स्थापित सहितको थप रकमको व्यवस्था गरिनु पर्ने,लगायतका नाराबाजी समेत गरेका थिए । झ्णडै १०० जनाको सॅख्यामा उपस्थित प्रभावित क्षेत्रका बासिन्दा हरू हातमा प्लेकार्ड तथा व्यानर सहित  जनर्‍याली  निकालेका थिए ।

यस अघि मॅगलवार सरोकार समितिको एक टोलीले प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे समक्ष विभिन्न ८ बुदे माग राखेर ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्रमा  स्थानीय बासिन्दा आयोजना वन्नु पर्छ भन्ने कुरामा एकमत रहेकोले  वडा नॅ ४ को जनजीविकाको एक मात्र आधार खेतीयोग्य जमिनको अधिकांश भू भाग पर्ने भयकाले त्यसको विश्लेषण गरिनु पर्ने , सदरमुकाम चैनपुर सँग जोडिएको क्षेत्र भयकाले सोही आधारमा जग्गा मुल्याङकन हुनुपर्ने ,आज भन्दा ३ वर्ष अगाडि नै प्रति रोपनी ३६ लाखमा किनबेच भैसकेको गोलाई क्षेत्रमा सोही अधारमा  ३ वर्ष पछि हुन सक्ने मुल्यबृद्धिलाई ध्यानमा राखेर प्रभावितहरूलाई जग्गाको मुआब्जा दिनुपर्ने लगायतका माग उल्लेख गरिएका थिए। यसै बिच विरोध र्‍याली पछि प्रमुख जिल्ला अधिकारीलाई भेट्न गएको प्रतिनिधिमण्डल सँग कुरा गर्दै   प्रमुख जिल्ला अधिकारी पाण्डेले स्थानीयको मागमा आफू सकारात्मक रहेकोले सबैले मिलेर आयोजना बनाउन पहल थाल्नुपर्ने बताउनु भयको सरोकार समितिका केश वहादूर खातीले बत्ताउनु भयो । 

“खातीले भन्नुभयो हामी विकास विरोधी हैनौ तर हामी जग्गा धनीलाई घाटा हुने गरी गर्नु भएन सरोकार समितिले गरेको निर्णयमाथि छलफल गरेर मात्र उचित मुआब्जामा निष्कर्ष निकाल्नु पर्छ अ ” त्यस्तै जनपा ४ गड खेतका स्थानीय धर्मराज उपाध्यायले विगतका आयोजना र उति वेलाको सरकारी रेट तथा हालको अवस्थालाई पनि मध्यनजर गरिनु पर्छ । र अन्य आयोजनाले पाखो जमिनको पनि उचित मूल्याङ्कन गरेकोले यो आयोजनाले गोलाई ज्युलाको महत्त्वपूर्ण खेतीयोग्य जमिनको उचित क्षतिपूर्ति दिनु बत्ताउनु भयो ।
त्यस्तै जनपा ४ गोलाईका स्थानीय राजेन्द्र खातीले आयोजना आउँदा स्थानीय खुसी भयकाले जग्गा धनीलाई उचित मुआब्जा दिनु पर्ने बताउनुभयो । आयोजनाको पक्षमा हामी सबै प्रभावित छौ तर हामी सबैलाई न्याय हुने गरी निर्धारण गरिनु पर्ने खातीको भनाई थियो ।
आयोजना जसरी पनि बन्नु पर्ने र आयोजना बन्दा धेरै बढी माग स्थानीयको नरहेकाले सरोकार समितिको निर्णयलाई आधार बनाइनु पर्ने स्थानीयको माग छ ।

२०७४ सालमा विद्युत् विकास विभागबाट सर्वेक्षण अनुमति पाएको यस आयोजना गत वर्ष मात्रै सम्भाव्यता अध्ययन र ईआईएको काम सम्पन्न गरेको थियो । त्यस लगतै निर्माणको प्रक्रिया सुरु भएको हो । यो आयोजनाको १४ मिटर अग्लो र ६७ मिटर लामो बाँध सदरमुकाम चैनपुर नजिक पान कोटमा रहने छ । त्यहाँको पानी ४ हजार २ सय मिटर लामो सुरुङ मार्गबाट जय पृथ्वी नगरपालिकाको सुतियामा पुर्‍याएर भूमिगत विद्युत् गृहबाट विद्युत् उत्पादन गरिने योजना छ । कुल लागत १९ अर्ब अनुमान गरिएको यो आयोजना ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको हो ।

चिलिमे हाइड्रो पावर कम्पनीको ३१ प्रतिशत सेयर रहने यस आयोजनामा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको ५ प्रतिशत र स्थानीय सरकारको ५ प्रतिशत सेयर रहनेछ । यस्तै, आयोजनाको ३३ प्रतिशत सेयर सर्वसाधारणलाई वितरण गरिने आयोजनाले जनाएको छ । विद्युत् प्रसारण लाइन प्रभावित क्षेत्रका बासिन्दालाई आयोजना निर्माण सुरु भएपछि रोजगारी सिर्जना हुने र आर्थिक गतिविधि बढ्ने स्थानीयको अपेक्षा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्