क्यान्सर पिडित महिलालाई देश(विदेशमा रहेका रोल्पालीहरुले गरे सहयोग



सैघाली खबर
दाङ,४ चैत
रोल्पा कुरेलीकी २० बर्षिया क्यान्सर पिडित मंगला पुनको उपचार्रार्थ उठेको रकम शनिबार एक कार्यक्रम बीच पीडितका आफन्तलाई हस्तान्तरण गरिएको छ । रोल्पाको परिवर्तन गाउँपालिका १ कुरेली मर्कावाङकि मंगला पुनलाई पेटको क्यान्सर भएपछी रोल्पाली ढाङढुङे समाज सेवा घोराही दाङ, कुरेली समाज रोल्पा र अन्तर्राष्ट्रिय सम्पर्क मञ्चको पहलमा मंगला बचाऔं अभियान थालिएको थियो ।

उक्त अभियानमा जोडिएर विभिन्न देशहरुमा रहेका रोल्पालीहरु ९कुरुलीबासी० बाट रकम संकलन गरि रु। ६ लाख ९७ हजार ५५ रुपैयाँ शनिबार क्यान्सर पिडितको बाबालाई हस्तान्तरण गरिएको छ ।

 

त्यसैगरि युएइको दुबईमा रोजगारको शिलशिलामा मेसिनले हातका औंला गुमाएका अपांग पिडित सुर्य रोकालाई पनि उपचारार्थ ५० हजार रकम स्वयम पिडितलाई हस्तान्तरण गरिएको छ । दाङको घोराही स्थित तुलसीपुर रोड पुण्यडाँडा टोलमा रकम हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको थियो ।

पिडितहरु हाल उपचारमा रहेको र दुवै पिडितहरुको उपचारमा सुधार आइरहेको सहयोग अभियन्ता तथा अन्तर्राष्ट्रिय सम्पर्क मञ्चका अध्यक्ष रामकृष्ण पुनले बताए । न्यून आर्थिकस्तर भएका पीडितहरुलाई यसरि आर्थिक सहयोगमा जुट्ने बिभिन्न देशमा रहेका सहयोगी मनहरुलाई अध्यक्ष पुनले धन्यवाद समेत दिएका छन् ।

 

रोल्पाली ढाङढुङे समाज सेवाका अध्यक्ष नारायण रोका मगरको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि समाज सेवी तथा अग्रज अभिभावक गणेश प्रसाद रोका रहेका थिए ।

अतिथिहरुमा नेपाल पत्रकार महासंघ शाखा दाङका अध्यक्ष सबिन प्रियासन, समाजका सल्लाहकार कैलाश रोका मगर, निमु संगम घर्ति, मध्यपश्चिम समाचार प्रमुख, जनजागरण अनलाइनका प्रमुख लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको मन्तब्यको क्रममा प्रमुख अतिथिले रोल्पाली ढाङढुङे समाज सेवा घोराही दाङको कार्यलय भवन निर्माणका लागि जग्गा निशुल्क उपलब्ध गराउने घोषणा गर्दै भवन निर्माणका लागि अभियान थालनी गर्न समाजका पदाधिकारीहरुलाई आग्रह समेत गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्