k|d bfxfn;Fu k"j{dGqL e§ wgu9L, @^ r}tM k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú cfOtaf/ wgu9L u]6fl:yt k"j{dGqL n]v/fh e§sf] lgjf;df e§;Fu . tl:a/Mk|bLk/fh jGt÷/f;;

टप फिचर

प्रधानमन्त्री प्रचण्ड र एमाले सचिव भट्टबीच भेटवार्ता

By Thaha - Online

April 09, 2023

धनगढी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का सचिव लेखराज भट्टबीच आज भेटवार्ता भएको छ। दुवै जनाबीच भेटवार्ता कैलालीको अत्तरियास्थित सचिव भट्टको निवासमा भएको हो।

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन जाने क्रममा प्रधानमन्त्री प्रचण्ड सचिव भट्टको निवास पुगेका हुन्। सो अवसरमा दुवै जनाबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ।

प्रधानमन्त्री प्रचण्ड बुद्ध एयरको नियमित उडानबाट धनगढी विमानस्थल हुँदै महेन्द्रनगरतर्फ लागेका छन्। माओवादी केन्द्रका पूर्वनेता भट्ट झण्डै दुई वर्षअघि नेकपा विभाजनका बेला एमालेमा प्रवेश गरेका हुन्।