प्रहरी जवान र ती महिलालाई स्थानीयले किन कुटे ?



नयाँदिल्ली
भारतको झारखण्ड राज्यको एउटा गाउँमा अर्काकी पत्नी सित आपत्तीजनक अबस्थामा भेटेपछि एक प्रहरी जवान र महिलालाई स्थानीयले बाँधेर कुटपिट गरेका छन् ।

झारखण्डको कोडरमा गाउँमा रातिको ड्युटी सकेर फर्केका प्रहरी जवानले महिलालाई सुनसान झाडीमा लगेर यौनसम्बन्ध राखेका थिए । उनीहरूले झाडीमा आपत्तिजनक क्रियाकलाप गरेको भनेर गाउँलेले दुवैलाई निर्घात कुटपिट गरेका हुन् ।

शनिबार बिहानसम्म ती दुईजना आपत्तिजनक अवस्थामा भेटेपछि गाउँलेले दुवैलाई रुखमा बाँधेर कुटपिट गरेको जनाइएको छ ।

कुटपिटबाट महिला बेहोस भएपछि उनलाई भुइँमा सुताएर प्रहरी जवानलाई कुटिरहेको समाचारमा उल्लेख छ । घटनाको जानकारी पाएर घटनास्थल पुगेको प्रहरीले ती दुवैलाई गाउँलेबाट छुटाएर अस्पताल भर्ना गरेको छ ।

स्थानीयका अनुसार ती प्रहरी जवान रातिको गस्तीको ड्युटी सकेर घर फर्कदैँ थिए । महिलाको सहमतिमा प्रहरी जवानले उनलाई झाडीमा लगेर यौनसम्बन्ध बनाएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । – एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्