बारा- २ मा फेरि उपेन्द्र यादव अघि, कति छ मतान्तर ?



कलैया। बारा- २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा र जनता समाजवादीका उपेन्द्र यादवबीच कडा प्रतिस्पर्धा भइरहेको छ। पछिल्लो मत परिणामअनुसार जसपाका अध्यक्ष यादवले अग्रता लिएका छन्।

उनले १ हजार ३९० मत ल्याउँदा जनमत पार्टीका कुशवाहाले १ हजार ३०१ मत ल्याएका छन्। यसअघि ‘लिड’ लिइरहेका कुशवाहा ३ हजार ८१० मत गणना हुँदा ८९ मत मात्रैले पछि छन्।

एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ६२९ मत ल्याउँदा रास्वपाका रमेश खरेलले २५९ मत पाएका छन्। त्यस्तै १२५ मतसहित आम जनता पार्टीका अरुण ज्ञवाली पाँचौं स्थानमा छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्