साउदी अरेबियाले  सुडानबाट आफ्ना नागरिक र विदेशीलाई गर्‍यो उद्धार उद्धार 



कपिलवस्तु । साउदी अरेबियाले आफ्ना अलपत्र नागरिकलाई उद्धार गरेको छ । सुडानमा दुई प्रतिद्वन्द्वी सेनाहरू बिचको तीव्र लडाइँ भएको एक हप्तापछि साउदी अरेबियाले सुडानबाट आफ्ना अलपत्र नागरिकहरूलाई उद्धार गरेको हो । साउदी अरेबियाले सुडानबाट आफ्नो नागरिक उद्धार गर्ने पहिलो देश बनेको छ ।

साउदी परराष्ट्र मन्त्रालयले साउदी नागरिकसँगै “मित्र राष्ट्रका धेरै नागरिकहरू“ लाई उद्धार गरिएको बताइएको छ । रोयल साउदी नौसेना बल (च्क्ल्ँ)ले शनिवार सुडानबाट नागरिक, अन्य देशहरूका नागरिक, कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय अधिकारीहरूलाई उद्धार अपरेसन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ः “कुवेत, कतार, युएई, इजिप्ट, ट्युनिसिया, पाकिस्तान, भारत, बुल्गेरिया, बुल्गेरिया, फिलिपिन्स, क्यानडा, बङ्गलादेश र बुर्किना फासोका ६६ जनालाई उद्धार गरिएको छ । “ सुडानबाट उद्धार गरिएको साउदी नागरिकको सङ्ख्या ९१ जना रहेको छ ।

मन्त्रालयका अनुसार साउदी नेतृत्वको निर्देशनको कार्यान्वयनमा जेद्दाहमा सबै साउदी नागरिक र अन्य देशका नागरिकहरू सकुशल आइ पुगेका छन् । साथै साउदी अरेबियाले विदेशी नागरिकहरूलाई उनीहरूको देशमा प्रस्थान गर्ने तयारीका लागि सबै आवश्यकता उपलब्ध गराइएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्