क्यानाडाको टोरन्टोमा चालिस देशका नेपालीहरु जम्मा भएर नेपालको बिकाशबारे छलफल हुने



 

टोरन्टो। गैर आवासीय नेपाली संघको ‘अमेरिकाज क्षेत्रीय सम्मेलन’ मे २७ र २८ मा टोरन्टोमा हुने भएको छ।

गैर आवासीय नेपाली संघ,अन्तराष्ट्रिय समन्वय परिषद, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका र ग्लोबल गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, क्यानाडाको सयुक्त आयोजनामा सम्मेलन हुन लागेको  संस्थाका कन्भेनर कृष्ण पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

कार्यकममा करीब ४० देशबाट सहभागी आउने आयोजकले जनाएको छ।

“सम्मेलनले नेपालको आर्थिक विकास र सामाजिक सम्वृद्धिमा गैर आवासीय नेपाली संघको भूमिका भन्ने मूल विषयबस्तु अन्तर्गत गैर आवासीय नेपालीहरुको हित र सरोकारसंग सम्बन्धित अन्य महत्वपुर्ण सवालहरुमा छलफल गर्ने छ” प्रेस विज्ञप्तिमा अगाडी भनिएको छ, “सम्मेलनले समग्र नेपालको विकास र सामाजिक सम्वृद्धिमा उनीहरुको योगदानलाई प्रबर्धन गर्न एनआरएनको भूमिकालाई थप शसक्त र प्रभावकारी बनाउने उद्देश्य राखेको छ।”

सम्मेलनमा गैर आवासीय नेपाली संघसंगका बर्तमान तथा पूर्व पदाधिकारीहरु, सदस्य र सल्लाहाकारहरु तथा विभिन्न पेशाकर्मी, व्यवसायी, विषय विज्ञ तथा सामाजिक अभियन्ताहरुको सहभागिता रहने बताइएको छ।

सम्मेलनले सहभागीहरुलाई आफ्ना अनुभव, विचार तथा पहलहरुलाई राख्ने मञ्च प्रदान गर्दै नेपाल र गैर आवासीय नेपालीहरुबीचको सामाजिक, आर्थिक तथा साँस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुर्याउने अपेक्षा राखेको पनि जनाइएको छ।

नेपालमा उर्जा क्षेत्रमा लगानी र अवसर, नेपालको आर्थिक तथा सामाजिक विकासमा गैर आवासीय नेपालीहरुमा रहेको ज्ञान,सीप,पुँजी तथा प्रबिधिको हस्तान्तरण साथै गैर आवासीय नेपालीहरुको लागि दोहारो नागरीकता कानूनको आवश्यकता र कार्यन्वयनका लागि नेपाल सरकारको दायित्व, लगायतका विषयमा छलफल र बहस गर्ने तय भएको विज्ञप्तिमा जनाइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्