Banner First

पक्राउ परे फरार रहेका टोपबहादुर रायमाझी

By Thaha - Online

May 14, 2023

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि फरार रहेका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन्।

प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

रायमाझीको नाममा वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो। त्यसदिन उनी अर्घखाँचीमा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए। त्यसैदिन बेलुका काठमाडौं फर्किने समयतालिका रहेको भए पनि उनी त्यहीँबाट फरार थिए।

सोही साँझ उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसँगै १३ जना पक्राउ परिसकेका छन्।