Banner Second

भुटानी शरणार्थी प्रकरण : बालकृष्णसहित १२ जनालाई ४ दिन म्याद थप

By Thaha - Online

May 14, 2023

काठमाडौं। काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई ४ दिनको म्याद थप गरेको छ। आइतबार १२ जनाको थप ४ दिन अनुसन्धानका लागि म्याद थप भएको हो।

अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राईलगायत १२ जना पक्राउ परिसकेका छन्।

सोही प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले खोजिरहेको छ। उनका छोरा सन्दीप रायमाझी भने अहिले प्रहरीको हिरासतमा छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँण गत वैशाख २७ गते आफ्नै घरबाट पक्राउ परेका थिए। उनी गृहमन्त्री भएका बेला गृहसचिव रहेका हाल उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि खाँण पनि अनुसन्धानमा तानिएका हुन्।