मन्त्रिपरिषद्को बैठक जारी



काठमाडौं। मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

जारी बैठकमा सोमबार सार्वजनिक हुने बजेटका प्राथमिकता र बुधबारदेखि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण लगायतको विषयमा छलफल हुँदैछ।
त्यस्तै गणतन्त्र दिवसमा हुने कैद छुट, सार्वजनिक बिदालगायत विषयमा पनि छलफल हुने बताइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्