Banner Second

मैले घुस खाएको प्रमाणीत गर्नुहोस् एक मिनेट पनि पदमा बस्दिनँ : मन्त्री किराती

By Thaha - Online

May 28, 2023

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले घुस लिएको प्रमाणित गर्न चुनौती दिएका छन्। केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मन्त्री किरातीले ‘पशुपति क्षेत्र विकासको कोषको जमिनको विषयमा भूमाफियासँग साँठगाँठ गरेको’ सामग्री प्रकाशित भएपछि उनले यस्तो चेतावनी दिएका हुन्।

उनले आरोप प्रमाणित भए एक मिनेट पनि पदमा नबस्ने घोषणा गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्– मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन।’