संसदमा उठेका विषयबस्तुबारे संसदमै छलफल गरी छिनोफानो गर्नुपर्छ : अमरेशकुमार सिंह



काठमाडौं। प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदमा उठेका विषयवस्तुबारे सिंहदरबारमा छलफल गरी रेकर्डबाट हटाइने गरेको बताएका छन्।आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले संसदमा उठेका विषयबस्तुबारे संसदमै छलफल गरी छिनोफानो गर्नुपर्ने बताएका हुन्।

पशुपतिको जलाहरीबारे संसदमा उठेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शरम् ओलीबीच सिंहदरबारमा छलफल गरी रेकर्डबाट हटाउने सहमति बनेको थियो।

सांसद सिंहले भने, ‘संसदभित्रको कुरा बाहिर सिंहदरबारमा सहमति हुन्छ, यहाँ रेकर्डबाट हटाइन्छ। त्यस्तो संसदको प्रतिनिधित्व गर्न हामीले खोजेको होइन। जनताले पनि खोजेको होइन।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्