रेशम चौधरी जेलमुक्त



काठमाडौं। टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी आज बिहान छुटेका छन्। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज कारागारबाट रिहा भएका हुन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई रिहा गर्ने निर्णय गरेको थियो। उनले पाँच वर्ष तीन महिना जेलसजाय काटेका थिए। उनले अब बाँकी १४ वर्ष ९ महिना जेल सजाय छुट भएको छ।

उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, नेतृ एलिजा गौतमसहित पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरू डिल्लीबजार कारागार पुगेका थिए। उनीहरूले रेशमलाई फूलमालाले स्वागत गरेका छन्।

यसपटक चौधरीसहित १९ जनाले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी पाएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्